भ्रष्टाचार अभियोगमा मुद्दा

File Photo
File Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध रु सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

आयोगले उपभोक्ता समितिका सदस्य गणेशकुमार गुरुङविरुद्ध रु एक लाख १९ हहजार र चार्टर कन्स्ट्रक्सन मालेपाटन पोखराका प्रोपाइटर विनोद श्रेष्ठविरुद्ध रु दुई लाख ४८ हजार ४०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

स्थानीय लालध्वज शहीद मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले पैसा नै नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरेको तर बिल भरपाई मिलान गरेर भ्रष्टाचार गरेको अभियोग लागेको छ। उनीहरुविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-26 21:57:00

प्रतिकृया दिनुहोस्