अभिनेता सौगात मल्लले निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र ‘दंश’ निर्माण गर्ने भएका छन्।
सुवर्णले आफ्नो फेसबुक स्टोरीमा स्क्रिप्टको एक तस्बिर पोस्ट गर्दै नयाँ फिल्मको घोषणा गरेका हुन्।
यसअघि ‘दि सेक्रेट्स अफ राधा’ पनि सौगातले सुवर्णसँगै मिलेर निर्माण गरेका थिए। अहिले यो चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
नयाँ चलचित्रलाई सौगात मल्लको आदियोगी भिजन र अमी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो। दसैँपछि फ्लोरमा जाने बताइएको छ।