हाँस्य कलाकार खबपु दुर्घटनामा घाइते

हाँस्य  कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन्। काठमाडौँको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिहीबार साँझ ७ बजे उनी स्कुटी दुर्घटनामा परेका हुन्।

विपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन्। उनको अनुहार, हात र खुट्टामा चोट लागेको छ भने स्कुटीमा पनि सामान्य क्षति भएको छ। आफू दुर्घटनामा परेको खबर खबपुले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए। 

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन्।
 

प्रकाशित मिति: : 2021-08-27 12:20:00

प्रतिकृया दिनुहोस्