अभिनेता राजेश हमालले अभिनय गरेको र्याप म्युजिक भिडियो 'नाच न कान्छी' सार्वजनिक भएको छ।
अभिराज ओली (एम्सेन्ज)को भोकल रहेको र्यापको शब्द,संगीत र एरेन्ज ओम सुनुवारको रहेको छ।भिडियोमा देवेन्द्र कुवरको निर्देशन र कोरियोग्राफी समावेश गरिएको छ।
भिडियोमा हरि बहादुर घलेको छायाङ्कन, बन्दी प्रसादको सम्पादन र समीर मियाको कलरिङ् तथा भीएफ्क्स गरेका छन्। राजेश हमालको अलावा भिडियोमा अस्मिता भट्ट, विमल बिटिएस, रहिसा रेग्मी र बिबिशा भण्डारीको अभिनय पनि रहेको छ।