कोभिड नेपालः 'दुईतिहाइ मानिसमा एन्टिबडी' - विज्ञहरू किन भन्छन्, ‘आश गरौँ भर नपरौँ’

बिबिसी

काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पछिल्लो सीरोप्रेभलन्स सर्वेक्षणले देशभरिबाट सङ्कलित नमुनामध्ये ६८.६ प्रतिशतमा कोभिड-१९ को एन्टिबडी फेला परेको देखाएको छ।

अर्थात् चाहे प्राकृतिक रूपमा सङ्क्रमित भइसकेर होस् वा खोप लगाएर होस् दुईतिहाइभन्दा बढी मानिसमा कोभिडविरुद्ध प्रतिरोध क्षमता देखा परेको छ।

विगतमा समुदायमा ७० प्रतिशतभन्दा धेरै मानिसहरूमा प्रतिरोधी क्षमता विकास भएमा सामुदायिक प्रतिरोध वा हर्ड इम्यूनिटी विकास हुने र त्यसले महामारीलाई शिथिल पार्दै लाने बताइएको थियो।

त्यसो हो भने पछिल्लो नतिजालाई विज्ञहरूले के भनिरहेका छन् त?

के हर्ड इम्यूनिटी केवल मृगतृष्णा हो?

यो नतिजालाई विज्ञहरूले स्वागतयोग्य र सकारात्मक त भनेका छन् तर उनीहरूले प्रशस्त चेतावनी पनि दिएका छन्।

"यो नतिजा पक्कै पनि सकारात्मक छ। तर हामीले के भुल्नु हुँदैन भने विगतमा भारतमा यस्तै नतिजा आएलगत्तै त्यहाँ नयाँ डेल्टा भेरिअन्टले आक्रान्त पार्‍यो," सङ्क्रामक रोगका अनुसन्धानकर्ता एवं अक्सफर्ड विश्वविद्यालयको क्लिनिकल रिसर्च युनिट नेपालका डा. बुद्ध बस्नेतले बीबीसीलाई बताए।

 

प्रकाशित मिति: : 2021-08-30 15:33:00

प्रतिकृया दिनुहोस्