अहिलेका नेताबाट देश विकासको आशा गर्न सकिन्न : निखिल उप्रेती

देश विरामी हुँदा पर्दा मिल्न नसक्ने नेताहरुले भोलि के गर्न सक्लान ?

भिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन्। हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार गर्न अपिल गरे। नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो।

'आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ। तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ। जब देश विरामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?' उनले प्रश्न गरे, 'तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं। आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वैमनश्यता।'

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे। 'यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन। हामी वर्षौदेखि भ्रममा रहिरह्यौ। यो पार्टी त्यो पार्टी भनियो। तर यिनीहरु अलग पार्टी होइनन्। जब एउटा विरामी र दोस्रो विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को विरामीमा लिन मिल्दैन । घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,' उनले भने।

उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे। 'यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन्। जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन। हामी पनि उनीहरुकै पछि लाग्यौ। किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन्। देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं। आफ्नो स्वार्थ हेर्छौं।

फेरि चुनाव हुँदैछ। यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?' उनले प्रश्न गरे। अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो। 'यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं। नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेशी पठाउनका लागि हुनेछ। हामीलाई यो भूमिले जन्माएको हो। यो भूमिको डिमान्ड हो। सजिलै अरु ठाउँ जान बनाउने होइन,' उनले भने।  

देशभक्ति जाग्न जरुरी छ

अभिनेता उप्रेतीले हरेक नागरिकमा देशभक्त जाग्न जरुरी रहेको पनि बताए। 'देशलाई प्रेम गरौं। देशलाई जब प्रेम गर्न थाल्छौं तब देशको हरेक कुराले सताउँछ। त्यो कमी छ। कमीले देशमा ज्यादती सहन सकेका हौं। देशलाई प्रेम गर्यौ भने हामीभित्र सिद्धान्तहरु जन्मिन थाल्छ। प्रेम भएन भने आफ्नो धर्म संस्कृतिमाथि घृणा लाग्न थाल्छ।

विदेशी संस्कृति अंगाल्न पुग्छौं। धर्म संस्कृति जोगाउने हो भने देशभक्ति जाग्न जरुरी छ। ति शक्तिहरुको खुलेर प्रतिकार गर्नु जरुरी छ। ती व्यक्ति जसलाई देशको केही कुरा राम्रो लाग्दैन। जब आफ्नो नराम्रो र अर्काको राम्रो लाग्छ के हुन्छ देशको भविष्य ?'

देशप्रति जति प्रेम बढ्दै त्यति देशको चोटले देशवासीलाई छुने भन्दै उप्रेतीले त्यसले देशमाथि घात गर्नेहरुलाई दुश्मनको रुपमा देख्न पाइने बताए। अनि मात्रै देशले अर्को फड्को देख्न सक्ने उनको भनाइ छ। 'नत्र भने अझसम्म पनि ति व्यक्तिहरु देशमा नयाँ पार्टी मोर्चा घोषणा गर्नुपर्छ भनेर बसिराखेका छन्। सुरुवातमै तिनलाई हेर्नुपर्छ।

यिनीहरु त्यहीँ व्यक्ति हुन् जो सत्तामा बसेर थेग्न नसकेर देशलाई कुन हालतमा पुर्याएको छ। त्यो हेर्नुपर्छ। प्रेमभाव छ भने लाटोभाव जस्तो गर्नुपर्छ। बठ्याइपूर्वक केही गर्न सकिँदैन। बठ्याइपूर्वक गर्ने भनेको यहीँ नेताहरुजस्तो हो,' उनले भने।न्युजकारखाना

 

प्रकाशित मिति: : 2021-08-30 16:55:00

प्रतिकृया दिनुहोस्