डानियल क्रेग बने सबैभन्दा महंगो कलाकार

Photo : Getty
Photo : Getty

हलिउड अभिनेता रक (ड्वेन जोनसन)लाई उछिन्दै अभिनेता डानियल क्रेग हलिउडका सबैभन्दा महँगो कलाकार बनेका छन्।

१०० मिलियन डलर कमाइसहित रकलाई पछि पार्दै उनी शीर्ष स्थानमा पुगेका हुन्। गत वर्ष रक पहिलाे स्थानमा थिए । तर, यो वर्ष भने ५० मिलियन डलर कमाइसहित उनी दोस्रो स्थानमा झरेका छन्।

हलिउड म्यागेजिन 'भेराइटी'को रिपोर्ट अनुसार तेस्रो स्थानमा ‘किङ रिचर्ड’बाट अभिनेता विल स्मिथ र ‘द लिटिल थिंग्स’बाट डेन्जेल वाशिंगटन परेका छन्।

 

प्रकाशित मिति: : 2021-08-31 06:06:00

प्रतिकृया दिनुहोस्