लेखराज भट्टकाे पेस्ताेल र 'जिलेटिन' बाेकेर प्रचण्ड र बादल यसरी गए गाेरखा

File photo
File photo

नेपालको राजनीतिक बृत्तमा यतिबेला चार नेताहरूको दबदबा छ। ती मध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भने 'पोलिटिकल मेकर'को रुपमा हेर्नेहरू समेत प्रशस्तै छन्।

लगभग १३ वर्ष भूमिगत जीवन बाँचेका प्रचण्डको राजनीतिक आरोह-अवरोह पनि अचम्मकाे छ। बारुद र बन्दुकमार्फत् ठूलाे राजनीतिक पर्दामा देखिएका प्रचण्डले प्रधानमन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीसमेत निभाइसकेका छन्।

कास्की जिल्लाको तत्कालिन ढिकुरपोखरी गाविस वडा नं.–२ लिवाडेमा विसं २०११ मंसिर २६ गते जन्मिएका प्रचण्ड अहिले ६७ वर्षका भइसके।

त्यसो त उनले केही दिनअघि एक सार्वजनिक कार्यक्रममै कार्यकारी जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गरेर आफू भने संस्मरण लेखेर बस्न मन भएको बताएका थिए। उनको यस अभिव्यक्तिलाई जनताले पनि खुलेरै प्रशंसा गरिरहेका छन्।

प्रचण्डको वास्तविक नाम पुष्पकमल होइन, छविलाल हो। उनकाे बौद्धिकता भने सानैदेखि तिक्ष्ण रहेकाे बाम राजनीतिक विश्लेषक बताउँछन्।

उनले पहिलोपटक धनबहादुर विक नाम गरेका एक कम्युनिष्ट कार्यकर्तासँग संगत गरे– जो उनको घर नजिकैका एक छिमेकी थिए।

विसं २०६१ सालमा प्रकाशित पार्टीको मुखपत्रमा उनले भनेका छन्, 'त्यतिबेला मलाई थाहा थिएन मेरो घर नजिकैका धनबहादुर विक कम्युनिष्ट थिए। मैले धेरैपछि मात्रै थाहा पाएँ। मैले पहिलो पटक उनीसँगै संगत गरे। उनले नै मलाई कम्युनिष्ट बन्न प्रेरित गरे। उनले नै मलाई तत्कालिन अवस्थाका चर्चित कम्युनिष्ट नेता रुपलाल विश्वकर्मासँग भेट गराईदिए। जसको कारण मैले पुष्पलाल श्रेष्ठसँग पनि नजिक हुन पाएँ।'

०४६ सालको आन्दोलनभन्दा केही समयअघि प्रचण्डले पहिलो पटक गोरखाको सिरुवारीस्थित तिलाञ्चोकमा १६ जनालाई हतियार चलाउने तालिम पनि दिएका थिए।

प्रचण्डले बारम्बार आफ्नो ज्यानको प्रवाह नगरेर क्रान्तिको लागि विद्रोह गर्नुपरेको पनि बताउँदै आएका छन्।

०६२ साल फागुन २ गतेकाे जनादेशमा उनले भनेका छन्, 'राइफल किन्न बादल र म मनांगस्थित देव गुरुगंको घरमा गएका थियौं। त्यस आसपासको समयमा पार्टीका केही सैन्य दस्तावेज, लेखराज भट्टले पार्टी दिएको एउटा पेस्तोल र दश गोला जिलेटिन शरिरमा लुकाएर बादल र म गोरखा जाँदै थियौं। तर बीच बाटोमा पर्ने मुग्लिनको पुल तरेपछि तनहुँका तत्कालिन सिडिओ र डिएसपीले हाम्रो तलासी लिए। धन्न हामी रौँ प्रमाणले मात्र बाँच्यौ।'

प्रकाशित मिति: : 2021-08-31 20:57:00

प्रतिकृया दिनुहोस्