प्रतिनिधिसभाकाे बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि साेमबार बसेकाे बैठक स्थगित भएकाे हाे।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन्।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन्।