माधव नेपालको पार्टी भाइ-एमाले हो, प्रचण्ड पनि एमाले नै हुन्ः भट्टराई [भिडियाेसहित]

File photo
File photo

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टी ‘भाइ एमाले’ भएको टिप्पणी गरेका छन्।

प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग कुराकानी गर्दै माधव नेपालले गठन गरेको नयाँ पार्टी सैद्धान्तिक हिसाबले एमालेभन्दा फरक नभएको बताएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र पनि एमाले नै भएको सचिव भट्टराईले दाबी गरे। उनले भने, ‘माधव नेपालको पार्टी त अर्को भाइ एमाले हो नी, प्रचण्ड पनि एमाले हो।’

एमाले विभाजन–पूर्व केपी शर्मा ओलीसँग सैद्धान्तिक विमति राखेर माधव नेपाल र झलनाथ खनालले पार्टीभित्र कुनै आधिकारिक ‘डकुमेन्ट’ पेश नगरेको उनले बताए। नेपाल समूहले चन्द्रागिरिमा पेश गरेको ‘डकुमेन्ट’को अन्तर आशय पनि एमाले नै भएको भट्टराईको दाबी छ।

‘जनताको बहुदलीय जनवादको सिद्धान्तको खासकुरा के हो भने, शान्तिपूर्ण र वैधानिक बाटोबाट प्रतिस्प्रर्धाको माध्यमबाट अगाडि बढ्ने र त्यसको माध्यमबाट समाजवादसम्म पुग्ने, एमालेको जनताको बहुदलीय जनवादको मूल कुरा यहीँ हो,’ भट्टराईले माधव नेपालप्रति प्रश्न गरे, ‘माधव नेपाल कमरेड यो भन्दा अलग बाटो हिँड्नुहुन्छ?’

०६५ सालपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हेटौंडा कार्यदिशा पनि शान्तिपूण बाटोतर्फ रहेको बताउँदै उनले प्रचण्ड पनि एमाले भएको दाबी गरे।

माधव नोपलको पार्टी फुटाउने निर्णय विद्रोह नभई विभाजन भएको नेता योगेशको भनाई छ। उनले भने, ‘असार २७ गते १० बुँदे सहमति भो। यसमा माधव नेपालले पठाएकै ६ वटा बुँदाको विकसित रुप छ।’

प्रकाशित मिति: : 2021-09-01 09:06:00

प्रतिकृया दिनुहोस्