एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्काे साता नेपाल आउँदै, मुख्य दलका शीर्षनेतासँग भेट्ने

Photo : .flickr.com
Photo : .flickr.com

पछिल्लो समय नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चर्को विरोध भइरहेकोबेला एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएकी छन्।

उनी अर्को साता नेपाल आउन लागेकी हुन्। नेपालमा उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायत सत्तारूढ गठबन्धन दलका अन्य विभिन्न नेताहरुसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।

उनले एमसीसी परियोजना कार्यान्वयनलाई तिव्रता दिन अन्य विभिन्न संवैधानिक निकायका प्रमुखहरुसँग पनि भेटवार्ता गर्नेछिन्।

नेपाल र अमेरिकाबीच एमसीसीबारे भएको पहिलो छलफल हुँदा उनी पनि सक्रिय थिइन्। त्यस्तै सन् २०१७ अप्रिल ५ मा एमसिसीसम्बन्धी 'एड मेमोयर'मा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले हस्ताक्षर गरेका थिए भने र एमसिसीतर्फबाट उनै सुमारले हस्ताक्षर गरेकी थिइन्।

यदि नेपालमा एमसीसी लागु भएमा ५०० मिलियन डलर अर्थात करिब ६० अर्ब रुपैयाँ अत्याधुनिक सडक निर्माण र विद्युत प्रशारणमा लगानी हुनेछ।

त्यसो त, पछिल्लो समय नेपालमा एकातिर एमसीसीको चर्को आलोचना भइरहेको छ भने अर्कोतिर अनपेक्षित राजनैतिक घटना क्रमले गर्दा केही गति लिन सकेको छैन। 

प्रकाशित मिति: : 2021-09-01 15:46:00

प्रतिकृया दिनुहोस्