निर्माता निर्देशक दीपेन्द्र के खनाल भन्छन्:- सिनेमा घरहरू त खुल्ने भयो तर देखाउने चैं के ?

काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन्। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो।

उपत्यकाको जिल्ला प्रशासन कार्यलयले बिहिबार (भोलिबाट) फिल्म हल खोल्न दिने निर्णयलाई फिल्मकर्मीले स्वागतयोग्य कदमको रुपमा चर्चा गरेका छन्। तर, फिल्म हल खुलेपनि सुरुवात केले गर्ने भन्ने फिल्मकर्मीहरू सबै अन्योलमा रहेका छन्। 

यसैबिच निर्माता निर्देशक दीपेन्द्र के खनालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्‘फिल्म हल त खुल्ने भयो, तर देखाउने के ?, ‘सरोकारवाला सबै एकजुट भएर चलचित्र क्षेत्र चलायमान बनाउन लागि पर्ने कि!’

प्रकाशित मिति: : 2021-09-01 17:12:00

प्रतिकृया दिनुहोस्