सरकारसँग छुट, उपभोक्तामाथि लुट

एसेम्बलका नाममा बजाजको बदमासी

अन्नपूर्ण पोष्ट

राजेश बर्मा / सलमान खान

नेपालमै सवारी साधनको एसेम्बल गर्ने उद्योगलाई सरकारले प्रोत्साहन स्वरूप अन्तःशुल्कमा २५ प्रतिशत छुट दिन्छ। स्वदेशमा उद्योग धन्दा बढ्नु र सर्वसाधारणले पनि केही न केही सस्तोमा सवारी साधन पाउन भन्ने यसको ध्येय हो। 

तर, त्यही नीतिअन्तर्गत सरकारबाट अन्तःशुल्क ‘छुट’ को सुविधा पाएको हुलास अटोक्य्राफ्टले झन् महँगोमा बजाज मोटरसाइकल बेचिरहेको छ। उद्योगले सरकारबाट ‘छुट’ पाएको छ, उपभोक्ता भने झन् लुटिएका छन्। प्रख्यात व्यापारिक घराना गोल्छा अर्गनाइजेसनको उक्त कम्पनीले एउटै मोटरसाइकलमा सबै खर्च कटाएर ५० हजारदेखि १ लाख रुपैयाँभन्दा बढीसम्म सर्वसाधारणबाट ‘नाफा’ लिँदै आएको छ। यसरी बजाजले दुईतर्फी रूपमा सरकार र उपभोक्ताबाट अनावश्यक लाभ लिइरहेको छ। 

मोटरसाइकल तयार गर्न लाग्ने सम्पूर्ण पार्ट पुर्जा टुक्राटुक्रा भएको अवस्था (कमप्लिट्ली नक्ड डाउन–सिकेडी) मा भारतबाट आयात गरी यो व्यापारिक घरानाले उक्त पार्टपुर्जा जोडेर मोटरसाइकल तयार गरी बिक्री गर्दै आएको छ। 

 

प्रकाशित मिति: : 2021-09-02 10:46:00

प्रतिकृया दिनुहोस्