झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनकै निवास पुगेका छन्।

नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा डल्लुस्थित उनकै निवासमा पुगेका हुन्।

भेटमा नेता खनालले आफ्नाे उपचारकाे लागि गरेकाे सहयाेगप्रति देउवालाई धन्यवाद व्यक्त गरेका थिए। 

प्रकाशित मिति: : 2021-09-02 19:06:00

प्रतिकृया दिनुहोस्