बझाङको प्रदेशसभामा एमालेका भण्डारी विययी

बझाङ-१ प्रदेशसभा (क) को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीको विययी भएका छन्।

शनिबार भएकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। 

यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2024-04-29 13:44:00

प्रतिकृया दिनुहोस्