शाहरुख खान बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन्।
हालै मात्र नयाँ चलचित्र ‘पठान’काे लागि उनले १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका हुन्।
उनीपछि महँगा मानिएका सलमान खानले एउटा चलचित्रका लागि ६०–७० करोड, आमिर खानले ५०–६० करोड र अक्षय कुमारले ५० करोड पारिश्रमिक लिने गरेका छन्।
अमेरिकास्थित प्यारोट एनालाइटिक्सले यो वर्षको जुलाई २० देखि अगस्ट १८ सम्म गरेको अध्ययनले शाहरुखलाई विश्वमै धेरै डिमान्डका कलाकारका रूपमा देखाएको छ।