एमसीसी फ्याक्टर : गठबन्धन फुट्छ कि संसद्‍बाट पारित हुन्छ ?

रातोपाटी

काठमाडौं

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे नेपालका राजनीतिक दल र सत्ता गठबन्धनमा अहिले फेरि चर्चा र बहस सुरु भएको छ। भदौ २३ गते संसद् अधिवेशनसमेत आह्वान भएकाले एमसीसीको बहस झनै सघन बनेको छ।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्बाट एमसीसी प्रस्ताव अघि बढाउन खोज्दा तत्कालीन नेकपाका नेताहरूले नै चर्को विरोध गरेपछि अघि बढ्न सकेको थिएन। अब माओवादीसमेत संलग्न सरकारले एमसीसी के गर्ला भन्ने प्रश्न उब्जेको छ। विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एमसीसी के हुन्छ ? भनेर प्रश्न सोधेका छन्।

एमसीसी अन्तर्गतको कम्प्याक्ट परियोजना वर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै थप बहसमा आउन थालेको हो। फरक–फरक धारणा राख्दै आएका दलहरूको गठबन्धनबाट बनेको देउवा सरकारलाई यही फरक धारणाकै कारण एमसीसी घाँडो हुने सङ्केत देखिएको छ।

 

प्रकाशित मिति: : 2021-09-05 08:53:00

प्रतिकृया दिनुहोस्