रबि मान सिंह बस्न्यातको 'काफल पाक्यो' सार्वजनिक [भिडियो]

क्यानडा निवासी रबि मान सिंह बस्न्यात द्वारा रचित'काफल पाक्यो' गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। लोक पप शैलीको यो गितमा गायक राजु लामा र गायिका बिनु योञ्जनले स्वर दिएका छन्। 

गीतमा डम्बर हिङ्गमाङ्गको संगीत रहेको छ भने गीतको भिडियोमा पुष्प खड्का, लता योञ्जन, डेनी तामाङ्ग लगायतले अभिनय गरेका छन्। 

यो म्युजिक भिडियोलाई राज सोल्टी प्रोडक्सन ले निर्माण गरेको हो। भिडियोलाई 'बिनु योञ्जन'को युटयुब च्यानलमा हेर्न सकिनेछ। 

प्रकाशित मिति: : 2021-09-06 10:48:00

प्रतिकृया दिनुहोस्