आठौं छायाँछवि तीज म्युजिक अवार्ड सोमबार सम्पन्न भएको छ। २९ विधामा उत्कृष्ट स्रष्टा तथा सर्जकलाईअवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा नेपाली चलचित्रकी प्रथम नेपाली नायिका भुवन चन्द, वरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता प्रदीप उदय, कलाकार तथा निर्मात्री रोशनी केसीलगायतका कलाकर्मीको उपस्थिति थियो।
आठ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो। आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली कलासंस्कृतिको विकासमा अवार्डका माध्यमबाट टेवा पुर्याउने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको बताए।
उनले कोरोनाको कहरका बीच स्वास्थ्य मापदण्ड पूरा गरी अवार्ड आयोजना गरिएको दाबी गरे। यस्तै, अभिनेत्री चन्दले यस्ता खालका कार्यक्रमले मौलिक गीतसंगीतको विकासका लागि अहम् भूमिका खेल्ने बताइन्।
विजेताको नामावली
उत्कृष्ट तीज गीत मिक्सिङ
मनोज परियार ः पातली-३
उत्कृष्ट तीज गीत एरेञ्जर
राकेश सोनी ः घिन घिन मादल
उत्कृष्ट तीज मौलिक गीत नवगायिका
सकुना श्रेष्ठ ः माइतीको आँगन
उत्कृष्ट तीज गीत नवगायिका
शिलाश्मा हमाल ः झिलिमाई
इन्करेजमेन्ट अवार्ड
सारदा धिताल ः सिंगापुरे साडी
उत्कृष्ट तीज गीत मोडल पुरुष
दिपेन्द्र तिमल्सिना ः पारी वन हरियो
उत्कृष्ट तीज गीत मोडल महिला
टीका जैशी ः डालीमा पुतली भुरुभुरु
उत्कृष्ट तीज गीत भिडियो छायांकार
मुकेश हुमागाईं ः आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज मौलिक गीत भिडियो सम्पादक
विनोद वन ः आँखा गयो नयाँ चिजैमा
उत्कृष्ट तीज दोहोरी गीत भिडियो सम्पादक
राजकुमार मगर ः हङकङको साडी –२
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
केशवराज भट्ट ः झिलिमाई
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
सुरेन्द्र बसेल ः यसपालिको तीजमा
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
सुमनसागरजंग केसी ः जम्काभेट
उत्कृष्ट तीज गीत भिडियो निर्देशक (मोफसल)
होम गुरुङ ः मुग्लिन
उत्कृष्ट तीज गीत शब्द
ज्योति गुरुङ ः परदेशको छोरी
उत्कृष्ट सन्देशमूलक गीत गायिका
सुष्मा शाही ठकुरी : सानी
उत्कृष्ट तीज मौलिक गीत लय
एचबी सुनार ः माइतीको आगन
उत्कृष्ट तीज दोहोरी गीत लय
रमेश परियार ः माइती देशैको
उत्कृष्ट दोहोरी तीज गीत गायिका
चिजा तामाङ ः तारा जुन
उत्कृष्ट दोहोरी तीज गीत गायक
भुवन प्यासी ः मखमली
उत्कृष्ट दोहोरी तीज गीत गायक (पब्लिक च्वाइस)
सम्राट चौलागाई ः सम्झिने पानी छम्कने
उत्कृष्ट तीज गीत
दीया नेपाल ः पिलासे चोली
सर्वोत्कृष्ट तीज गीत
ऋतु कँडेल ः अलिअलि लजाउँदै
उत्कृष्ट तीज गीत गायिका
रोशनी रसाइली : गर्छु माया गर्छु
सर्वोत्कृष्ट तीज मौलिक गीत
सुनिता दुलाल : स्वामीको प्यारी
उत्कृष्ट तीज मौलिक गीत गायिका
कल्पना काफ्ले ः कम्मरै ढलमल
उत्कृष्ट तीज गीत कम्पनी
शिव दर्शन फिल्मस् ः गायत्री थापा
युगल तीज गीत गायन
सोमा खत्री/शोभा क्षत्री
जुरी अवार्ड
आमाको वेदना ः सुशील ज्ञवाली