भरतमणिलाई च्याम्पियन बनाउन पूर्वमा बाइक र्‍याली

हास्य रियालिटी शो कमेडी च्याम्पियनको फाइनल नजिकिए सँगै  ३ प्रतिस्पर्धी भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा यति बेला आफ्नो गृह नगरमा प्रत्यक्ष भोट अपिल गर्न पुगेका छन्। गृह नगर ताप्लेजुङ पुगेका भरतलाई फुलमाला र अबिर जात्रा गर्दै बाइक र्‍याली सहित नगर परिक्रमा गरिएको छ।

च्याम्पियनको सुरुवाती प्रस्तुति देखी नै चर्चा बटुल्दै आएका भरतले नेताहरूको क्यारिकेचर गरेपछि उनले आफूलाई पछ्याउने फ्यानहरू बटुले।

पछिल्लो समय पूर्व युवराज पारस शाहको दुरुस्तै गेट अप र क्यारिकेचर गरेपछि त उनको लोकप्रियको उचाइ झनै बढेर गएको छ।

यसैले पनि उनले नै कमेडी च्याम्पियन दोस्रो सिजन उपाधि उचाल्न सक्छन् भनेर अड्कल बाजि गरिरहेका छन्। उनलाई भोट गर्न प्रभु पे को मोबाइल एप डाउनलोड गरी भोट गर्न सकिने छ। उनको भोटिङ कोड ०३ रहेको छ। 

प्रकाशित मिति: : 2021-09-07 20:28:00

प्रतिकृया दिनुहोस्