'कमेडी च्याम्पियन'का भरतमणिलाई गृह जिल्लामा भव्य स्वागत

कमेडी च्याम्पियन–२  को उत्कृष्ट  (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा स्वागत गरिएको छ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराएको थियो।

कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उनलाई फूलमाला, खादा र अबिर प्रदान गर्नुभएको थियो। पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए।

प्रकाशित मिति: : 2021-09-08 06:07:00

प्रतिकृया दिनुहोस्