आगोमाथि अग्नि

अदालतमा विचाराधीन मुद्दाकै कारण सभामुख अग्नि सापकोटा पार्टी नेतृत्वसामु ‘लाचार’ बन्नु परेको नेताहरू बताउँछन्।

सांसदहरू बधाई दिन खोज्दै थिए, अग्नि सापकोटा भने हतार गर्दै थिए। सांसदको खादा र स्वागतको मतलब थिएन, उनी दौडँदै केपी ओलीसमक्ष पुगे। तत्कालीन शक्तिशाली नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीबाट बधाई थापेपछि बल्ल राहतको महसुस गरे। अनि, मात्र सांसदहरूको बधाई थाप्नतिर लागे। २०७६ माघ १२ गते प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित हुँदै गर्दा उनी ओलीबाट पहिलो बधाई लिन चाहन्थे। छेउछाउका सांसदलाई धकेल्दै ओलीतिर दौडँदै गरेको संसद्को त्यो दृश्य रोचक थियो। ओलीलाई प्रमुख ‘चुनौती’ ठानेका उनी ओली रिझाउन चाहन्थे।

हुन पनि त्यतिबेला सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमति जनाउन ओलीलाई एक महिना लागेको थियो। त्यसका लागि तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका नेताहरूले कम्ती पापड पेल्नु परेको थिएन।

प्रचण्डले खुट्टा कमाउँदा नेपाल अडिएका कारण सापकोटा सभामुख बनेको एमालेका नेताहरू नै बताउँछन्। सभामुख पद तत्कालीन माओवादीलाई नछोड्न र अग्निकै पक्षमा निर्णय गराउन नेपालकै जोडबल रहेको उनीहरूको भनाइ छ। ‘सभामुख भनेकै सुवास नेम्बाङ, सुवास नेम्बाङ भनेकै सभामुख’ भन्ने एमाले मूलधारको मान्यताबीच नेम्बाङले रहर गर्दासम्म पार्टीबाट अर्को सभामुख बन्ने सायदै कल्पना गरिन्थ्यो, त्यतिबेला।

प्रकाशित मिति: : 2021-09-08 11:58:00

प्रतिकृया दिनुहोस्