एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजनसम्बन्धी अध्यादेश पेश

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका थिए। अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए।

दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए।

त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।

प्रकाशित मिति: : 2021-09-10 13:29:00

प्रतिकृया दिनुहोस्