त्रिचन्द्र कलेज : जुग फेरियो, नियति फेरिएन

शिलापत्र

कौशल काफ्ले

 देशमा जहानियाँ राणा शासन थियो। शासकलाई मन नपर्ने कुराहरू बाेल्नसमेत पाइँदैन थियाे। त्यही ताका हल्ला चल्यो- नेपालमा उच्च शिक्षा अध्ययन गर्ने कलेज खुल्दैछ।

३१ डिसेम्बर १९१६ (वि.सं. १९७३) मा काठमाडौंमा रहेका तत्कालीन रेजिडेन्सी कर्णेल बेलीलाई कलेज स्थापनाका लागि पहल गर्दै चन्द्र शमशेरले पत्र लेखेपछि यस्तो हल्ला फैलिएकाे थियाे।

पटक-पटकको नेपालको प्रस्तावलाई स्वीकार गर्दै भारत सरकारले पनि पटना विश्वविद्यालयअन्तर्गत रहेर कलेज सञ्चालन गर्न अनुमति दियो। त्रिभुवन-चन्द्र कलेज नाम जुराएर १२ भदौ १९७५ मा कलेज स्थापना भयो। र, २७ असोज १९७६ मा राजा त्रिभुवनले उद्घाटन गरे। वि.सं. १९८१ मा आइपुग्दा नयाँ नाम पायो, त्रिचन्द्र बहुमुखी क्याम्पस।

स्वयम् चन्द्र शमशेरको पहलमा स्थापना भएको यो कलेज खुल्दा उनी आफैँ खुसी थिएनन्। पुरुषोत्तम शमशेर जबराले ‘श्री ३ हरूको तथ्य वृत्तान्त भाग २’ पुस्तकमा लेखेका छन्, ‘त्रिचन्द्र कलेजको उद्घाटन सकिएपछि चन्द्र शमशेरले 'म आफ्नै खुट्टामा आफैँले बन्चरो हान्दै छु' भनेका थिए।’

प्रकाशित मिति: : 2021-09-10 13:56:00

प्रतिकृया दिनुहोस्