लामाे समयपछि प्रशान्त तामाङ ठूलो पर्दामा, सम्पदासँग रोमान्स गर्दै

अभिनेता तथा गायक प्रशान्त तामाङ लामो समयपछि ठूलो पर्दामा फर्किने भएका छन्।

‘अस्तित्वको लडाइ’मार्फत उनी पुनः दर्शकमाझ आउन लागेका हुन्l उक्त फिल्मको सुभमुर्हतसमेत गरिएकाे छ। मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको शुभ साइत गरिएको हो।

गोविन्द गौतमको निर्देशन साथै कथा रहेको यस फिल्ममा प्रशान्तले चेपाङ युवकको भूमिका निर्वाह गर्ने छन्।

कौडीको भाउमा चेपाङहरूले भूमि विक्री गर्दा हुने उनीहरूको बिल्लिबाठ फिल्मको कथा हो। फिल्ममा प्रशान्तको अलावा सुनिल थापा, सम्पदा बानियाँको मुख्य भूमिका रहने जनाइएको छ। 

प्रकाशित मिति: : 2021-09-11 06:12:00

प्रतिकृया दिनुहोस्