संसद् जब ‘रेस्लिङ’ खेल्ने ठाउँमा बदलिन्छ !

रातोपाटी

काठमाडौँ

संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन्। विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन। विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न फेरि एकचोटि उब्जाएको छ।

सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फबाट जोरजबर्जस्ती गर्ने सिलसिला भदौ २१ गते शुरु भएर बिहीबार पनि जारी रह्यो। प्रतिपक्षी दल एमालेका केही सांसदले पहिलो दिन रोष्टममा चढ्नका लागि मर्यादापालकलाई ठेलठाल गरेका थिए। तर, शुक्रबार  एमाले सांसदहरु बच्चा जसरी मर्यादापालकको काँधमाथि चढेको दृश्य संसदमा देखियो।

सांसदहरुले शुक्रबार प्रतिनिधि सभा बैठकमा जुन प्रकारको शैली अपनाए, यो नौलो दृश्यचाहिँ होइन। विगतमा पनि नेपालको संसदमा यस्ता धेरै घटना भइसकेका छन्।

नेपालको संसदीय इतिहासमा भएका यस्ता केही दृष्टान्त हेरौं–  

– २०४९ सालमा आफूमाथि अभद्र व्यवहार गरेको भनेर नेपाली कांग्रेसका तत्कालीन सांसद रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चे सार्कीले थप्पड हानेका थिए। जतिबेला पौडेल स्थानीय विकासमन्त्रीसमेत थिए।

–२०५६ सालमा एमालेको विरोधका बीच तत्कालीन सभामुख रामचन्द्र पौडेलले स्थानीय शासन स्वायत्त ऐन पारित भएको घोषणा गरेपछि झडपको स्थिति आयो। तत्कालीन एमाले सांसदहरुले सभामुखको रोष्टम घेरे।

–२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-09-11 06:37:00

प्रतिकृया दिनुहोस्