एमालेकाे स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक आ‍ज बस्दैछ।

शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएकाे थियाे।

संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सारिएकाे हाे। बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएकाे एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

‘एमालेले आगामी ४–६ असोजमा बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उनले भने।
 

प्रकाशित मिति: : 2021-09-11 06:52:00

प्रतिकृया दिनुहोस्