यस्ता युवा आउनुपर्छ राजनीतिमा

लोकान्तर

सुशील गौतम

कतिपयले लामा–लामा लेख लेखेका छन्, कतिले ट्वीट मात्रै गरेर मुलुक नबन्नु पछाडिका असन्तोष प्रकट गर्ने गर्छन्। साझा चासो छ – मुलुक किन बनेन?

स्वदेशमा चासो स्वाभाविक हो नै, विदेशमा रहेका नेपालीहरू आपसमा भेटघाट हुँदा नेपालकै राजनीतिक भद्रगोलको विषयमा चर्चा झनै बढी हुने गर्छ।

नेपालमा क्षमतावान नेता भएनन् भन्ने विषयमा स्वदेश/विदेश सबैतिर रहेका युवाहरूको मत्यैक्यता रहेको छ। विदेशमा बसिरहेका युवाहरूलाई सोध्ने हो भने नेपालमा राजनीतिक स्थायित्व मात्रै भए स्वदेश फर्किएर ‘केही गर्न सकिन्थ्यो’ भन्ने अधिकांशको जवाफ आउने गर्छ।

सञ्चारमाध्यममा छाउने अधिकांश राजनीतिक दलका नेताहरू पटक–पटक सत्तामा पुगेर असफलताको ट्याग लागिसकेका छन्। एउटा दलको सरकार बनेलगत्तै त्यो सरकार गिराउन समीकरण बन्ने गरेको नेपालको विकृत राजनीतिमा केही सुधार होला कि भनेर अहिलेको संविधानको धारा १०० को उपधारा ४ मा प्रधानमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरिएको थियो तर झण्डै दुईतिहाइको सुविधाजनक मत पाएका खड्गप्रसाद ओलीले कुर्सी र जुँगाको लडाइँमा पराजित भएर सत्ताबाट सडकमा पुग्नुपर्ने अवस्था आयो। नेपालको राजनीति कतिसम्म विकृत अवस्थामा पुगिसकेको रहेछ, बुझ्न कठिन छैन। 

प्रकाशित मिति: : 2021-09-11 12:43:00

प्रतिकृया दिनुहोस्