एमाले स्थायी कमिटी बैठक ३ बजे फेरि बस्ने

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ। शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले प्रवक्त प्रदीप ज्ञवालीले जानकारी दिए।

‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो। अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उनले भने।

बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ। यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। 

प्रकाशित मिति: : 2021-09-11 13:48:00

प्रतिकृया दिनुहोस्