चिम्पान्जीमा पनि देखियाे मान्छेमा जस्तै कोभिड संक्रमितकाे लक्षण

Photo : BBC
Photo : BBC

अमेरिकाको एउटा चिडियाघरमा चिम्पिान्जीमा कोभिड संक्रमण देखिएको छ।

एटलान्टाको चिडियाघरका १३ चिम्पान्जीमा कोभिड देखिएको थियो। कोभिड देखिएका चिम्पान्जीमा मानिसमा जस्तै लक्षण देखिएको थियो।

उनीहरुलाई बारम्बार खोकी लाग्ने, नाकबाट पानी बग्ने र भोक हराउने जस्ता लक्षण देखिएको चिडियाखानका अधिकारी बताएका छन्। उनीहरुको सुँघ्ने क्षमता पनि हराएको थियो।

कोभिड लाग्ने ६० वर्षको बृद्ध चिम्पान्जी  रहेको छ। चिडियाखानामा काम गर्ने व्यक्तिबाट कोरोना सरेको हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन्। केही समयअघि त्यहाँका कर्मचारीमा कोभिड देखिएको थियो।

कर्मचारीले पूर्ण खोप लगाइसकेका छन्। उनीहरुले कोरोना संक्रमण फैलिनबाट जोगिन उनहिरुले मास्क, पन्जा लगाउदै आएका थिए।

अमेरिकामा फेरी कोरोना संक्रमण बढेको छ। डेल्टा भेरिअन्ट देखिएपछि सरकारले मास्क अनिवार्य गरेको छ। त्यस्तै, एक सय भन्दा बढी कर्मचारी भएका कम्पनीले आफ्ना कर्मचारीको हरेक साता कोभिड परीक्षण गर्नुपर्ने भएको छ। 

प्रकाशित मिति: : 2021-09-13 06:00:00

प्रतिकृया दिनुहोस्