वडाध्यक्षको कर्तुत : कीर्ते नागरिकता बनाएर किसानको १० कट्ठा जग्गा बिक्री, पोल खुलेपछि फरार !

लोकान्तर

प्रकाश आचार्य

नागरिकता सहितका कागजात कीर्ते बनाएर नक्कली जग्गाधनी खडा गरी एक किसानको जग्गा किनबेच भएको रहस्य खुलेको छ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नागरिकताको कीर्ते प्रमाण बनाएर गरीब कोहारको नाममा रहेको जग्गा अर्कैलाई बिक्री गरिएको छ। 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामजान अली मियाँको सिफारिशमा नक्कली नागरिकता बनाएर गरीब कोहारको नाममा रहेको १० कठ्ठा जग्गा बिक्री गरिएको हो।

वडाध्यक्ष अलि मियाँ अहिले फरार छन्। कीर्ते कार्यमा मालपोत कार्यालयका कर्मचारीको समेत संलग्नता रहेको आशंका गरिएको छ। 

वडा नम्बर १० मधुवनीका ६९ वर्षिय कोहारको नाममा रहेको कित्ता नम्बर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा उनको गैरहाजिरीमा गएको फागुन १८ गते बिक्री भएको पाइएको हो।

प्रकाशित मिति: : 2021-09-14 12:14:00

प्रतिकृया दिनुहोस्