पशुपतिनाथको गर्भगृहमा राजनीति : चाँदीको जलहरी रातारात सुनको

अनलाइनखबर

कृष्ण ज्ञवाली

‘आराध्यदेव भगवान श्रीपशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीलाई सुनको जलहरी बनाई राख्ने सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट बेला–बेलामा चासो राख्ने गर्नुभएको र यस कार्यका लागि कोषले पहल गरिरहेको तथा मिति २०७७ माघ १२ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट भगवान श्रीपशुपतिनाथको मन्दिर निरीक्षण तथा अनुगमनका क्रममा सुनको जलहरी निर्माण गर्ने कार्यका लागि नेपाल सरकारबाट रु.३० करोड उपलब्ध गराउने व्यहोरा अवगत गराउनुभएकोले सुनको जलहरी निर्माण गर्ने कार्य अघि बढाउने निर्णय गरियो।’

१४ माघ २०७७ मा तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले गरेको निर्णयको व्यहोरा हो, यो। प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका थिए र बाहिर आएर मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए।

त्यही घोषणापछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण गरेर पशुपतिनाथको मूर्तिमा राखेको थियो। जुन विषय अहिले ‘११ किलो सुन हिनामिना विवाद’ मा परिणत भएको छ र कोषका पदाधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका छन्।

प्रकाशित मिति: : 2021-09-17 17:26:00

प्रतिकृया दिनुहोस्