जनतामा उदाउन थालेको स्वाभिमान र नवचेतना

देशसञ्चार

काठमाडौँ

युवराज घिमिरे

 

सरकार अथवा मन्त्रिपरिषद् गठनले पूर्णता नपाउनुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको असफलताका रुपमा प्राय: सबै सञ्चार माध्यममा प्रस्तुत गरिएको छ। दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्ण आकार नपाउनुलाई नेतृत्वको असफलता मान्नैपर्छ।

तर, त्यो भन्दा महत्वपूर्ण प्रश्न हो – के नेपालमा सरकार अथवा मन्त्रिपरिषद्ले जनचासो, गुनासो सम्बोधन गर्न या विकास र राज्यका दायित्व पूरा गर्न कुनै योगदान पुर्‍याउन सक्छ?

संविधानको (२०७२) को कुरा गर्नु निरर्थक हुन्छ, किनकि यो संविधान केही पन्ना कागजमा मात्र जीवित छ र त्यसलाई अल्पायु बनाउनमा दुईओटा संविधान सभामा संलग्न पार्टी, नागरिक समाज र सञ्चारको ठूलो हिस्सा सामूहिकरुपमा जिम्मेवार छन्।

पक्कै पनि उनीहरुको दोष हैसियत तथा भूमिका अनुसार फरक फरक डिग्रीका हुन सक्छन्।

प्रकाशित मिति: : 2021-09-17 17:20:00

प्रतिकृया दिनुहोस्