देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला 

नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन्। गृह जिल्ला मोरङ पुगेका  कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन्। 

उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए। ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उनको भनाई छ। 

नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनको भनाई छ। फरक प्रसंगमा बोल्दै उनले देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दुखद भएको बताए। उनले कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ वडाधिवेशन नगरिएको बताए।

संस्थापन इतर समूहबाट सहमतिमा एक जना मात्रै सभापतिको उम्मेदवार हुने उनले दाबी छ। उनले आफ्नो उम्मेदवारीको विषमा भने बोल्न चाहेनन्।

एमसीसी राष्ट्रिय सहमतिमा अगाडि बढ्नुपर्ने उनको धारणा थियो। सरकार र शीर्ष नेताहरू एकै ठाउँमा बसेर राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी पास गरिनु पर्ने उनले बताए।

प्रकाशित मिति: : 2021-09-18 19:24:00

प्रतिकृया दिनुहोस्