लीलामणिले फरक देखेको माओवादी र प्रचण्डले सकारेको यथार्थ

‘परिवर्तनको संवाहक माओवादी अहिले रुग्ण घर बनेको छ’

लोकान्तर

सुशील पन्त

नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत भइसकेका लीलामणि पौडेलले गृहजिल्ला गुल्मीमा केही दिन पहिले माओवादी भातृ संगठन वाईसीएलको प्रशिक्षण भेलामा दिएको मन्तव्यलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ। 

माओवादीप्रति विगतमा उनको हल्का ‘झुकाव’ रहेपनि अहिले आएर उनले एमालेभन्दा माओवादी फरक भनेर दिएको मन्तव्यले सामाजिक सञ्जालमा तहल्का पिटेको छ। 

‘यो व्यवस्था कसले ल्याएको हो ? यसको वकालत गर्ने को हो ? त्यो माओवादी केन्द्र हो। पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवाह स्थापित गर्न लड्यो। माओवादी वामपन्थी शक्ति हो, रुपान्तरणको एजेन्डा बोक्ने शक्ति पनि हो। एमाले र माओवादी उस्तै–उस्तै हो, जता गए पनि भयो नि होइन ? भन्ने लाग्ला। फरक छन्, राज्यप्रणालीको वकालत गर्ने प्रक्रियामा फरक छ। सबैभन्दा धेरै कुप्रचार त यहीँ भएको छ। राज्य सत्तासँग पौँठेजोरी खेलेर हामी विकास निर्माण गरेर काम गर्ने। दाबी उनीहरूले गर्ने। तपाईंहरू त्यही पत्याइदिने। काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै भयो,’पौड्यालले भनेका थिए।

प्रकाशित मिति: : 2021-09-26 12:01:00

प्रतिकृया दिनुहोस्