सन्जु मोक्तानको आवाज रहेको 'लाखौँ हजारौँ' हिजो (शनिबार) युटयुबमा सार्वजनिक भएको छ। फिमेल भर्जन सार्वजनिक गरीएको गीतमा यबेश थापाको शब्द र लय सिर्जना रहेको छ।
गीतको भिडियो निर्देशन नवीन पोमो लिम्बुको रहेको छ भने अन्य म्युजिक भिडियोमा गरेको अभिनय भन्दा यो भिडियोमा पल र मलिका फरक भूमिकामा देखिएका छन्।
गीतमा पल, मलिकाको साथमा निर्देशक युगलको पनि अभिनय रहेको छ। सम्पादन,कलरिङ् र भीएफ एक्स भिडियोमा जीवन थापाले गरेका छन्। भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन। भिडियोलाई 'केन्द्र मोसन्स पिक्चर्स' युटयुबमा हेर्न सकिन्छ।