श्री ३ मोहन शम्शेरका दरसन्तानको झगडाले जिल्ला अदालतमा अल्झाएको 'हाइ प्रोफाइल' मुद्दा

लोकान्तर

काठमाडाैं

अजय अनुरागी

तत्कालीन श्री ३ प्रधानमन्त्री मोहन शम्शेर जबराका अंशियारहरूबीचको सम्पत्ति विवाद बल्झिँदा एउटा 'हाइ प्रोफाइल मुद्दा' ६ वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

मोहन शम्शेरका नातिलाई पनातिले विपक्षी बनाएको मुद्दा जिल्ला अदालतमा विभिन्न प्रक्रियागत झञ्झटका कारण अल्झिरहेको हो ।

मोहन शम्शेरका छोराहरू थिए- शारदा शम्शेर जबरा र विजय शम्शेर जबरा । शारदाका छोरा दीपक शम्शेर जबरा र विजय शम्शेरका छोरा पशुपति शम्शेर जबरा हुन्।

अहिले पशुपति र उनको परिवारविरुद्ध दीपक शम्शेरका छोरा दिव्य शम्शेर जबराले अदालतको ढोका ढक्ढक्याएका छन् ।

उनले पशुपति शम्शेर जबरा, पशुपतिकी श्रीमती उषा राज्य लक्ष्मी राणा र छोरी देव्यानी राज्य लक्ष्मी राणालाई विपक्षी बनाएर अबण्डाको सम्पत्ति बण्डा गरी पाऊँ भन्दै २०७२ माघ १५ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए।

'मेरा बाजे शारदा शम्शेर जबराको संयुक्त भोगचलनमा रहेको काठमाडौंका विभिन्न कित्ताका जग्गाहरू मेरो बाजे स्वर्गीय शारदा शम्शेर जबराको अंश भाग जति जग्गा विपक्षी प्रतिवादीहरूको नाममा जग्गा पजनीको २ (क) र अंशबण्डाको ३५ नम्बर एवं प्रचलित न्यायिक परिपाटीको विपरीत भए गरेको दर्ता बदर गरी म फिरादीका नाममा ती जग्गाको आधा हक कायम हुने गरी न्याय निसाफ गरी पाऊँ,' भन्दै उनले फिराद पत्र दर्ता गराएका थिए।

प्रकाशित मिति: : 2021-09-27 13:18:00

प्रतिकृया दिनुहोस्