फिल्म 'द सेक्रेट्स अफ राधा’ को पोस्टर सार्वजनिक

फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्म अभिनेता सौगात मल्लले निर्माण गरेका हुन्। सार्वजनिक पोस्टर नायिका सृष्टि श्रेष्ठलाई फिचर गरिएको छ। 

आधा टाउको ढाक्ने गरी लामो पछ्यौरी लगाएकी उनी पोस्टरमा निकै गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन्। आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई सौगात र सुवर्ण थापाले निर्माण गरेका हुन्।

फिल्ममा सौगात, सृष्टि, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ। 

प्रकाशित मिति: : 2021-09-27 15:55:00

प्रतिकृया दिनुहोस्