जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता बनाउनेको भीड 

केही दिन यतादेखि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भीड दिन प्रतिदिन बढ्दै गइरहेको छ। दैनिक भीड बढ्न थालेपछि कार्यालयलाई व्यवस्थापन गर्न समस्या परेको छ।

कर्मचारी अभाव र साँघुरो ठाँउ भएकाले सेवाग्राही भुँइमा नै बस्न बाध्य भएका छन् । नागरिकता लिनका लागि टन्टलापुर घाममा लाइनमा बस्नेहरु पसिनाले भिजेको देखिन्थे।

निर्वाचन कार्यालयले मतदाता नामावली संकलन सुरु गरेपछि नागरिकता लिनेहरुको भीड बढेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए।

मतदाता नामावलीमा नाम छुट भएकाहरु अहिले नागरिकता लिन एकसाथ आएपछि भीड बढेको उनले बताए।

दैनिक ७० देखि ८० वटा नयाँ नागरिकता र ३० देखि ४० वटा प्रतिलिपी नागरिकता वितरण भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-09-28 15:05:00

प्रतिकृया दिनुहोस्