बलिउड र साउथबीच राेचक भीडन्त: यी हुन् सँगै रिलिज हुन लागेका ठूला चलचित्रहरू

Breaknlinks
Breaknlinks

भारतमा सरकारले अक्टुबर २२ तारिखबाट हल खोल्ने निर्णय गरेसँगै विभिन्न चलचित्रका रिलिज मितीहरू सार्वजनिक हुन थालेका छन्। 

राेचक कुरा त के छ भने, बलिउड र दक्षिण भारतीय चलचित्रका दर्शकहरू लगभग बराबर छन्। यहीबीच केही ठूला कलाकारका बहुप्रतिक्षित मानिएका चलचित्रहरूबीच भीडन्त हुने देखिएकाे छ।

यो बर्षको क्रिसमसमा बलिउड भर्सेज साउथ चलचित्र हुने अनुमान छ। अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘८३’ क्रिसमसमा रिलिज हुँदैछ। त्यस्तै साउथका चर्चित अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा’ पनि क्रिसमसमा नै रिलिज हुन लागेकाे छ। यी दुई चलचित्रमध्ये कसले बाजी मार्ला ? त्याे भने हेर्न बाँकी नै छ।

सन् २०२२ को इदमा पनि राेचक भीडन्त हुने देखिएकाे छ। बलिउड अभिनेता अमिताभ बच्चन, अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मे डे’ अप्रिल २९ मा रिलिज हुँदैछ। तर ठीक यही मितिमै अभिनेता टाइगर श्राफ र तारा सुतरियाको मुख्य भूमिका रहेको चलचित्र ‘हिरोपन्ती २’ पनि रिलिज हुने पक्का भएकाे छ। यी दुई चलचित्रमध्ये कसले दर्शकलाई तान्ला ? त्याे त्यतिबेला नै थाहा हुनेछ।

सन् २०२२ को अगष्ट ११ मा पनि दुई स्टारको भिडन्त हुँदैछ। स्वतन्त्रता दिवसको अवसर पारेर बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘रक्षाबन्धन’ रिलिज हुन लागेको छ। यस अवसरमै साउथका सुपरस्टार प्रभासको ‘आधीपुरुष’ पनि रिलिज गरिने पक्का छ। यी दुई स्टारको भिडन्तले बक्स अफिसकाे माहाेल हेर्न लायक नै हुनेछ।

यी बाहेक अझै केही बलिउडका सुपरस्टारहरु साहरुख खान, सलमान खान, आमिर खानका बहुप्रतिक्षित चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुन बाँकी छ। उनीहरुकाे चलचित्रकाे रिलिज मिती सार्वजनिक भएमा झन् भीडन्त बढ्न सक्नेछ। 

प्रकाशित मिति: : 2021-09-28 15:35:00

प्रतिकृया दिनुहोस्