अर्घाखाँचीमा श्रीमानले गरे श्रीमतीकाे विभत्स हत्या

रबि पोख्रेल

सन्धिखर्क
Symbolic photo
Symbolic photo

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ मिखोलामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

मिउखोलाका ३० वर्षीय विष्णु विकले आफ्नी ३५ वर्षीया श्रीमती सीता विकको कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

‘हिजो राति दुबै जना बसेर मदिरा सेवन गर्दैगर्दा श्रीमानले कुटेर श्रीमती हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। हामीले घटनाबारे थप अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापाले विएल नेपाली सेवासँग भने।

उनका अनुसार विष्णुलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान सुरु भइरहेको छ। भने, श्रीमतीको शव जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टमाको लागि लगिएको छ।

सामान्य मजदुरी गर्दै आएका उनीहरुबीच पहिला पनि पटक–पटक झगडा हुने गरेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2021-09-29 13:39:00

प्रतिकृया दिनुहोस्