नायिका उपसाना सिंह ठकुरी र आना शर्मा एउटै स्क्रिनमा देखिने भएका छन्। निर्देशक विवेक सुवेदीले यी दुईलाई एउटै स्क्रिनमा भिडाउने भएका हुन।
उक्त फिल्मको नाम ‘योलो’ रहेको छ। दुवै फिल्ममा काम गर्ने पक्का पक्की भएको छ। ‘जेरी’ डेब्यू नायिका शर्मा र ‘क्याप्टेन’ डेब्यू नायिका ठकुरीले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन्। फिल्मले मित्रताको कथा बोल्ने छ।
इटालीमा फिल्मको दृश्य कैद गर्ने निर्माण टिमको योजना छ। यसका लागि अहिले, कलाकारहरूको भिजाको तयारी चलिरहेको छ। फिल्मको छायांकन अक्टोबरको अन्त्य बाट हुने छ।