विद्युतको नयाँ चलचित्र ‘सनक’ ओटिटीमार्फत रिलिज हुँदै

बलिउड अभिनेता विद्युत जामवालको नयाँ चलचित्र ‘सनक’ ओटिटीमाध्यमबाट प्रदर्शन हुने भएको छ।

इन्स्टाग्रामबाट चलचित्रकाे पोष्टर सार्वजनिक गर्दै जामवालले ‘डिज्नी प्लस हट स्टार’मा प्रदर्शन हुने जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘अब मेरो सनकले सबै सीमा पार गर्नेछ। मेरो आगामी एक्सन थ्रिलर फिल्म सनक छिट्टै डिज्नी प्लस हटस्टारमार्फत प्रदर्शन हुनेछ।’

यद्यपि, चलचित्रको रिलिज मिति भने सार्वजनिक गरिएको छैनl चलचित्रलाई विपुल अमृतलाल शाह र जी स्टुडियोले संयुक्त रूपमा निर्माण गरेका हुन्।

विद्युतसँगै बंगाली अभिनेत्री रुक्मिणी मैत्रा, चन्दन राय सान्याल र नेहा धुपियाको फिल्ममा मुख्य भूमिका रहेको छl  चलचित्र कनिष्क वर्माले निर्देशन गरेका हुन्l  

प्रकाशित मिति: : 2021-09-30 06:45:00

प्रतिकृया दिनुहोस्