नेपाली समाजमा बुवा र छोरीबीचको नातालाई संसारमा निकै पवित्र नाता मानिने गरिन्छ।
बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ। तर बंगलादेशको एक आदिवासी समुदायमा आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ। सुन्दा अच्चम लाग्छ तर यो सत्य हो।
उक्त समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै पितासँग बिहे भएको सपना देखाइन्छ। जसकारण बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले आफ्नो बुवालाई लोग्ने स्विकार्ने गर्छन्।
यो समुदायमा यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएको छ भने विधवा महिलाले लोग्नेका परिवारका कुनै पनि एक पुरुषसंग विवाह गर्नुपर्दछ।