अब ७० वर्षमा वृद्धभत्ता पाउने !

सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर बढाउने भएको छ।

आगामी १ वर्षभित्र वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको हो। 

आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत गरेको हो।

सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ।
 

प्रकाशित मिति: : 2025-05-23 15:25:00

प्रतिकृया दिनुहोस्