फुङ्लिङ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार पोखरेलसहित अन्य ४ जनालाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले बयानको लागि पत्र काटेको छ।
अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित फुङ्लिङ नगरपालिकाका तत्कालिन योजना शाखा प्रमुख गणेश प्रसाद अधिकारी, लेखा शाखा प्रमुख प्रकाश देव पनेरू, २०७३र७४ मा उपभोकता समितिमार्फत गरेको कामको महालेखाले शाखा प्रमुख गणेश प्रसाद अधिकारी, लेखा शाखा प्रमुख प्रकाश देव पनेरू, प्राविधिक नवीन कुमार यादव र हालका इञ्जिनियर मिलन गिरीलाई बयानको लागि अख्तियारले पत्र काटेको हो।
‘उनीहरूले उपभोक्ता समितिमार्फत गरिएको विकास निर्माणको काममा भ्रष्टाचार गरेको प्रमाणसहित उजुरी परेको छ’, प्रवक्ता रिसालले भने, ‘उनीहरू पाँचै जना पक्राउ पर्न सक्छन्।’
बयानपछि उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्धा हाल्ने तयारी गरेको प्रवक्ता रिसालले बताए।