आमा बन्दै अभिनेत्री रञ्जना शर्मा

Wordpress.com
Wordpress.com

अभिनेत्री रञ्जना शर्मा आमा बन्ने भएकी छन्। उनले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।

उनले  ‘बेबी बम्प’ सहितको एक तस्विर सार्वजनिक गरेकी छन्। २००६ मा रञ्जनाको पहिलो विवाह निर्देशक श्याम भट्टराईसँग भएको थियो।

तर, उनी अमेरिका गएपछि श्यामसँग सम्बन्ध बिग्रेका कारण छुटिएर बस्न थालेका उनीहरुले ३ वर्ष अगाडि मात्र डिभोर्स गरेका थिए।

त्यसपछि रञ्जनाले गत वर्ष अमेरिकामै प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी हुन्। ‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले ‘कन्यादान, सलाम छ मायालाई, विरताको चिनो, मर्यादा, मौसम, बदमास’ लगायतका फिल्ममा अभिनय गरेकी छिन्। 

प्रकाशित मिति: : 2021-09-30 12:57:00

प्रतिकृया दिनुहोस्