चुँदरे खानेपानी योजना सम्पन्न

फाइल तस्वीर
फाइल तस्वीर

रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ। सो  योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन्। रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न  भएको हो। उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ लाख ८१ हजार ६६७ रोटरी क्लब अफ होनोलुल सेनसेटबाट प्राप्त भएको थियो। 

नगरपालिकाबाट रु ३१ लाख ५८ हजार ५४३ सहयोग गरेको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए। इलेक्टिक लिफ्टिङ प्रविधिको प्रयोग गरी ८४५ मिटर दूरीको मुहानबाट पानी ल्याई तीन ट्याङ्कीमा पानी सङ्कलन गरी प्रत्येक घरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको छ। करिब ५० घनमिटर, २० र दुई घनमिटरको ट्याङ्कीमा प्रत्येक एक घण्टामा १० हजार पानी सङ्कलन बताइएको छ। 

आयोजनाको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भूटानका निवर्तमान डिष्ट्रिक गर्भनर राजीव पोख्रेल र नगरप्रमुख वैकुण्ठ न्यौपानेले संयुक्तरुपमा विहीबार योजनाको शुभारम्भ गर्दै समुदायलाई हस्तान्तरण गर्नुभएको थियो। 

विगत लामो समयदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी छन्। 

प्रकाशित मिति: : 2021-10-01 15:20:00

प्रतिकृया दिनुहोस्