‘आत्महत्या’वाला अभिव्यक्तिको चिरफार : किन लगातार विचलित भाषण गर्दैछन् प्रचण्ड ?

लोकान्तर

सुशील पन्त

काठमाडौंको एक निजी अस्पतालमा कार्यरत मनोचिकित्सकहरूबीच शुक्रवार एउटा राजनीतिक विषयमा छलफल भयो। विषय थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार दिएको आत्महत्यासम्बन्धी अभिव्यक्ति। 

‘पूर्वप्रधानमन्त्री भइसकेको र देशको एउटा मुख्य पार्टीको नेताले आत्महत्याबारे दिएको अभिव्यक्तिबारे मनोचिकित्सकहरूका तर्फबाट वक्तव्य दिने कि भन्ने विषयमा छलफल भएको थियो,’ छलफलमा सहभागी एक डाक्टरले लोकान्तरसँग भने।

सामान्यतया राजनीतिक विषयमा छलफल नगर्ने डाक्टरहरूबीच प्रचण्डको अभिव्यक्तिले समाजमा पार्ने असरको विषयमा छलफल भएको थियो। 

प्रकाशित मिति: : 2021-10-01 22:03:00

प्रतिकृया दिनुहोस्