ओली झन् शक्तिशाली

निर्वाचनतिर एमाले

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले
एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार ललितपुरको गोदावरीमा पार्टीको प्रथम विधान महाधिवेशन समापन कार्यक्रमलाई सम्बोधन गर्दै ।  तस्बिर सौजन्य : राजन काफ्ले
एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार ललितपुरको गोदावरीमा पार्टीको प्रथम विधान महाधिवेशन समापन कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर सौजन्य : राजन काफ्ले

एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको छ। यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा ओली नै दोहोरिने देखिन्छन्। 

एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने कार्य गर्न पाउने उपमहासचिव विष्णुप्रसाद पौडेलले बताए। ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नभइसकेको अवस्थामा उम्मेदवार हुन पाइन्छ’, उपमहासचिव पौडेलले भने, ‘७० वर्ष भन्नाले छोएको होइन, पूरा नहुन्जेलसम्म उम्मेदवार हुन पाउने भनिएको हो।’ ओली आगामी फागुनमा ७० वर्ष पुग्दै छन्। नेतृत्व छान्ने महाधिवेशन मंसिरमै तोकिएको छ। 

प्रकाशित मिति: : 2021-10-04 07:31:00

प्रतिकृया दिनुहोस्